Date

शनि, बैशाख २९, २०८१
Sat, May 11, 2024

लकडाउन जेठ ५ सम्म लम्बियो

लकडाउन जेठ ५ सम्म लम्बियो

काठमाडौं, २४ बैशाख । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

लकडाउनका कारण जनजीवन असहज बन्दै गएकाले मोडालिटी परिमार्जन गरि कोरोना जोखिमयुक्त क्षेत्रमा लकडाउन कडाइ गरेर कम जोखिम भएको क्षेत्रमा केही खुकुलो बनाउन सुझाव आएको थियो । तर सरकारले आज पुन १० दिनका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोक्न ११ चैतदेखि लकडाउन जारी छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, सिमा नाका र हवाई उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x