Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एकिन तथ्यांक अभावले पर्यटनका लागि राहत प्याकेजमा ढिलाइ

एकिन तथ्यांक अभावले पर्यटनका लागि राहत प्याकेजमा ढिलाइ

काठमाडौं, २४ वैशाख । कोरोना भाइरसको प्रकोप र हाल जारी लकडाउनका कारण अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी मारमा पर्यटन क्षेत्र परेको छ । पर्यटन व्यवसायी र सम्बद्ध सरोकारवालाहरूले यस क्षेत्रका लागि विशेष राहत प्याकेज ल्याउन माग गरेका छन् । तर विडम्बना यस क्षेत्रमा परेको प्रभावको यकिन तथ्यांक नै आउन सकेको छैन । एकीकृत तथ्यांक अभावले राहत प्याकेज ल्याउनमा ढिलाइ देखिएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रमा आधिकारिक रूपमा रू. १ खर्ब ६० अर्ब लगानी र करीब ३ लाख रोजगारी सृजना गरेको बोर्डले गरेको अध्ययनमा देखिएको बताएका छन् । पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाको भनाइ मान्ने हो भने नेपालको पर्यटन क्षेत्रमा यो रकमभन्दा बढी लगानी भएको छ । साथै यस क्षेत्रले ८ लाखदेखि १० लाख जनासम्मलाई रोजगारी दिएको छ ।
सरकारले यसअघि पनि यस उद्योगमा भएको कुल लगानी, रोजगारीका विषयमा तथ्यांक माग गरे पनि व्यवसायीले तथ्यांक दिन सकेका थिएनन् । तथ्यांक उपलब्ध नभएपछि कोरोनाबाट पर्यटन उद्योगलाई राहतको व्यवस्था गर्न समस्या हुने देखिएको छ । बोर्डले गरेको अध्ययनमा ८३७ ओटा फर्म सहभागी थिए । उनीहरूबाट प्राप्त तथ्यांक हेर्दा करीब रू. ६० अर्ब बैंकको ऋण तथा मासिक १ अब रुपैयाँजति किस्ता तथा ब्याज तिर्नुपर्ने देखिएको रेग्मीले बताए । पर्यटन बोर्डले लकडाउनपछि होटेल, एयरलायन्स, ट्राभल एण्ड टुर्स, माउन्टेनियरिङ, र्याफ्टिङ र अन्य गरी पर्यटन उद्योगलाई सात श्रेणीमा विभाजन गरेको छ । यही आधारमा बोर्डले यस क्षेत्रमा भएको लगानी, बैंक ऋण तथा मासिक किस्ता र ब्याज तथा यो क्षेत्रले सृजना गरेको रोजगारीको अध्ययन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x