Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

लकडाउनले ४० प्रतिशत घट्यो ग्यास विक्री, ७ हजार मेटन मौज्दात

लकडाउनले ४० प्रतिशत घट्यो ग्यास विक्री, ७ हजार मेटन मौज्दात

काठमाडौं, २४ वैशाख । लकडाउनका कारण होटल, रेष्टुराँ, विद्यालय÷कलेज, होस्टल, उद्योग लगायत बन्द हुँदा ग्यासको खपत करीब आधा घटेको छ । साथै आपूर्ति समेत असहज भएकाले हाल अन्य बेलाको तुलनामा ग्यास विक्री ४० प्रतिशत घटेको एलपी ग्यास उद्योग संघले बताएको छ ।

अवस्था समान्य हुँदा नेपालभर दैनिक १ लाख ग्यास सिलिण्डर विक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिण्डर मात्र विक्री भएको संघले बताएको छ । लकडाउन लम्बिँदै गएकाले ग्यास किन्ने उपभोक्ता कम हुँदा विक्री घटेको एलपी ग्यास उद्योग संघको भनाइ छ ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार सबै ग्यास उद्योगसँग हाल दश हजार मेट्रिक टन ग्यास मौज्दात छ । देशभर रहेका ६२ ग्यास उद्योगसँग सात हजार मेट्रिक टन भण्डारणमा मौज्दात रहेको र बुलेटमा तीन हजार मेट्रिक टन ग्यास मौज्दात छ । यस्तै ६२ उद्योगका एक करोड २३ लाख सिलिण्डर छन् ।

पहिलेको तुलनामा काठमाडौँमा आधा पनि ग्यास सिलिण्डर बिक्री नभएको ग्यास विक्रेता महासंघले बताएको छ । लकडाउनअघि काठमाडौं उपत्यकामा मात्र दैनिक ४० हजार ग्यास सिलिण्डर विक्री हुँदै आएकामा हाल १५ हजारको हाराहारीमा मात्र विक्री हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x