Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेपाललाई साढे २१ करोड डलर सहयोग दिने आइएमएफको घोषणा

नेपाललाई साढे २१ करोड डलर सहयोग दिने आइएमएफको घोषणा

काठमाडौं, २५ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारी सञ्चालक समितिको बैठकले नेपाललाई १५ करोड ६९ लाख एसडीआर (स्पेशल ड्रइङ राइट्स) अर्थात् २१ करोड ४० लाख अमेरिकी डलर सहायता दिने प्रस्ताव स्वीकृत गरेको छ । कोरोना भाइरस महामारीमा आइएमएफको सहयोग प्राप्त गर्ने नेपाल ५०औं राष्ट्र हो । यसअघि आइएमएफले नेपालसहितका २५ न्यून आय भएका देशलाई ऋण मोचनको निर्णय गरेको थियो ।

आइएमएफले र्यापिड क्रेडिट फेसिलिटी अन्तर्गत नेपालको सम्पूर्ण कोटाको सहयोग दिएको हो । यसअद्धि नेपालले सन् २०१० मा भुक्तानी सन्तुलन संकटका कारण उक्त सहयोग लिएको थियो । सन् २०१० मा नेपालले २५ वर्षपछि ठूलो भुक्तानी सन्तुलन व्यहोरेको थियो । त्यसअघि १९८४–८५ तिर प्रकाशचन्द्र लोहनी अर्थमन्त्री हुँदा नेपालले भुक्तानी सन्तुलनमा संकटको समस्या व्यहोरेको थियो । त्यतिबेला आइएमफले दिएको सशर्त सहयोगका आधारमा नेपाल उदारीकरण र निजी क्षेत्र प्रवद्र्धनको बाटोमा अघि बढेको थियो ।

यसअघि भुक्तानी सन्तुलन संकटको समयमा सहयोग लिएको १० वर्षपछि नेपालले पुनः आइएमएफसँग र्यापिड क्रेडिट फेसिलिटी अन्तर्गत सहयोग लिएको छ । आइएमएफले भूकम्प पश्चालनको पुनर्निर्माणका लागि ५ करोड अमेरिकी डलर सहयोग दिएको थियो ।
नेपाललाई तत्काल भुक्तानी सन्तुलनमा सहयोग गर्न र कोरोना भाइरस महामारी नियन्त्रणका आइएमएफले सहयोग दिएको छ । कोरोना भाइरस महामारीले अर्थतन्त्रका विविध क्षेत्रमा गम्भीर असर पारेको छ । कोरोना भाइरस फैलन नदिन चालिएका कदमले पछिल्लो डेढ महिनादेखि आर्थिक गतिविधि ठप्प छन् । जसका कारण न्यून आय भएका र दैनिक ज्यालामजदूरी गर्नेहरु प्रत्यक्ष मारमा परेका छन् । सरकारले मानिसहरुको स्वास्थ्य, राहत तथा आर्थिक पुनस्र्थापनालाई महत्वका साथ अघि बढाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x