Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

उद्योग खुल्ने क्रम बढ्दै, हेटौंडा औद्योगिक क्षेत्रमा थप १५ उद्योग सञ्चालनमा

उद्योग खुल्ने क्रम बढ्दै, हेटौंडा औद्योगिक क्षेत्रमा थप १५ उद्योग सञ्चालनमा

हेटौंडा, २८ वैशाख । शर्तसहित उद्योग व्यवसाय खुलाउने सरकारको निर्णयको प्रभाव औद्योगिक क्षेत्रहरूमा पनि परेको छ । जनशक्ति, कच्चापदार्थ, बजार व्यवस्थापन लगायतमा समय लाग्ने भन्दै व्यवसायीले तत्कालै सबै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन चुनौती रहेको बताइरहे पनि उद्योग खुल्नै क्रम भने बढेको छ । लकडाउन जारी रहँदा यसअघि अत्यावश्यक वस्तु उत्पादन गर्ने १५ ओटा उद्योग मात्र सञ्चालनमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा हाल १५ ओटा थपिएको बताइएको छ ।
यससँगै हेटौंडा आद्योगिक क्षेत्रमा सञ्चालनमा आएका उद्योगको संख्या ३० पुगेको छ । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार बन्दाबन्दीको समयमा हाल सो संख्यामा उद्योग सञ्चालनमा आएका हुन् ।
अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ र अन्य १० उद्योगले सामाजिक दूरी कायम राखेर सुरक्षित भएर उत्पादन गरिरहेको बताइएको छ । कच्चा पदार्थको अभावले उद्योग न्यून क्षमतामा सञ्चालन भइरहेको व्यवस्थापन कार्यालयका व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिएका छन् ।
उनले भने, ‘हामीले उद्योगलाई सुरक्षा विधि अपनाएर सञ्चालन गर्न भनेका छौं तर कच्चा पदार्थ, बजार र ढुवानीलगायत समस्याका कारण सञ्चालित उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।’
जनशक्तिको पनि अभाव रहेको व्यवस्थापक कँडेलको भनाइ छ । औद्योगिक क्षेत्रमा २५ प्रतिशत मात्र जनशक्ति मकवानपुरका रहेका र अन्य बाहिरका रहेकाले पनि उद्योग सञ्चालनमा कठिनाइ हुने उनले बताए ।
उनका अनुसार औद्योगिक क्षेत्रमा रहेका १४९ उद्योगमध्ये १०८ मात्र चालू अवस्थामा रहेका छन् । यीमध्ये पनि १५ मात्र अत्यावश्यक सामग्री उत्पादन गर्ने कारणले बन्द नभएका र हाल थप १५ उद्योग सञ्चालनमा आएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x