साफा ‘बेष्ट प्रिजेन्टेड अवार्ड’बाट विभिन्न कम्पनी पुरस्कृत, नेपालबाट कैलाश विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र बुटवल पावर पुरस्कृत
काठमाडौं, १८ माघ । दक्षिण एसियाली लेखा व्यावसायी महासंघले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेश गर्ने कम्पनीहरुलाई विभिन्न पदकद्वारा सम्मानित गरेको छ । काठमाडौंमा जारी साफा सम्मेलन–२०१८ अन्र्तगत बुधबार महालेखापरिक्षक टंकमणी शर्मा र अर्थसचिव शंकर अधिकारीले एक दर्जन विधामा उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीहरुलाई सम्मानित गरे ।
साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०१६ विभिन्न १२ वटा क्षेत्रका कम्पनीहरुलाई प्रदान गरिएको छ । जसअन्र्तगत कृषि विधामा गोल्डेन हार्भेस्ट एग्रो लिमिटेड–बंगलादेश, सूचना प्रविधिमा माइन्ड ट्रि लिमिटेड–भारत, डाइभर्सिफाइड होल्डिङ विधामा क्रिसेन्ट स्टिल एण्ड एलाइड प्रोडक्ट लिमिटेड–पाकिस्तान, वित्तीय सेवा विधामा आइडीएलसी फाइनान्स लिमिडेड–वंगलादेश, बिमा विधामा प्राइम इन्स्योरेन्स वंगलादेश, उत्पादनमूलक विधामा ब्रिटिस अमेरिकन टोबाको कम्पनी लिमिटेड–बंगलादेशले पदक जितेको छ ।
यसैगरी गैरसरकारी विधामा सिटिजन्स फाउन्डेसन–पाकिस्तान, निजी क्षेत्रका बैंक विधामा बिआएसी बैंक लिमिटेड–बंगलादेश, सार्वजनिक बैंक विधामा जनता बैंक–बंगलादेश, सार्वजनिक क्षेत्रका संस्था विधामा इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी लिमिडेड –वंगलादेश, सेवा विधामा नुवारा इलिया होटल–श्रीलंका, इन्टिग्रेटेड रिपोटिङ विधामा आइडिएलसी फाइनान्स लिमिटेड बंगलादेशले पदक जितेका छन्
यसैगरी सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्रनेन्स भने इस्लामी बैक बंगलादेश लिमिटेडले जितेको छ ।
सबै विधामा फस्र्ट रनर अप तथा सेकेन्ड रनर अप समेत घोषणा गरी पदक प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट वार्षिक प्रतिवेदन पेश गर्ने कम्पनीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । जसमा नेपालबाट वित्तीय सेवा विधामा कैलाश विकास बैंक र निजी बैंक विधामा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र निर्माण क्षेत्रमा बुटवल पावर कम्पनी लिमिटेड सम्मानित भएका छन् ।
साफा दक्षिण एशियाली लेखा व्यवसायी संस्थाहरुको साझा संगठन हो । यसलाई दक्षिण एशियली क्षेत्रीय सहयोग संगठन (सार्क) ले अभिन्न अंगका रुपमा समेत मान्यता दिएको छ । हाल साफामा नेपाल लगायत अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका लेखाव्यवसायी संस्थाहरु सदस्य रहेका छन जसमा ३ लाख ७५ हजारको हाराहारीमा लेखा व्यवसायीहरुको संलग्नता रहेको छ ।
नेपालको तर्फबाट नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का पूर्व अध्यक्ष सिए. सुबोध कुमार कर्णले सन् २०१८ को लागि साफाको अध्यक्ष पदमा मनोनित भएको छ । यसरी नेपालले यस महत्वपूर्ण जिम्मेवारी सम्हालेको दोस्रो पटक हो । यस अघि संस्थाका पूर्व अध्यक्ष सिए. कोमल बहादुर चित्रकारले सन् २०१० मा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
साफा सदस्य संस्थाको रुपमा आइक्यानले सम्मेलन आयोजना गरेको हो । बुधबार नै आइक्यानले आफ्नो २१ औं वार्षिककोत्सव समेत मनाएको छ । वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरु तथा कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
चाटर्ड एकाउन्टेन्ट (सिए) परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई विभिन्न पदकबाट सम्मानित गरिएको छ । यसअन्र्तगत केबी चित्रकार स्वर्ण पदकबाट आकृति आचार्य र विनय खड्का, शिवमान सिंह तथा चन्द्र भण्डारी सिल्भर पदकबाट अनिल फुयाल र रोहित खड्का, बिके अग्रवाल स्वर्ण पदकबाट सागरमान नकर्मी, नारायण बजाज सिल्भर पदकबाट शिवानी श्रेष्ठ र सुवास ज्ञवाली, सुवास कुमार झुन्झुन्वाला स्वर्ण पदकबाट उज्जल नरेन्द्र वास्तोला र सवु नेपाल, प्रकाश जंङ थापा स्वर्ण पदकबाट निवास भट्टराई र रोहित धिताल, डा. गोविन्द राम अग्रवाल स्वर्ण पदकबाट आकृति आचार्य र विनय खड्का, नरेन्द्र वाशिष्ठ स्वर्ण पदकबाट आकृृति आचार्य र विनय खड्का सम्मानित भए ।