Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रिमियर इन्स्योरेन्सको एफपीओ बाँडफाँड आज

प्रिमियर इन्स्योरेन्सको एफपीओ बाँडफाँड आज

काठमाडौं, १८ माघ । प्रिमियर इन्स्योरेन्सले निष्कासन गरेको एफपिओको आज बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीकै कार्यालय परिसरमा सेयर बाँडफाँड सम्पन्न हुनेछ ।
इन्स्योरेन्सले १०० रुपैयाँअंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७ सय ९९ रुपैयाँका दरले ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओ निष्कासन गरेकोमा १ लाख ८९ हजार वटा आवेदन परेको क्यापिटलले जनाएको छ । सम्पूर्ण आवेदकबाट ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैया बराबर रकमकोे सेयरका लागि ३ अर्ब २४ करोड रुपैंया बढीको सेयर माग भएको थियो ।
नेपाल धितोपत्र बोर्डको नयाँ बाडफाँड निर्देशिका अनुसार सम्भव भएसम्म सबै आवेदकले १० पाउनुपर्ने हुँदा निष्काशन गरेको शेयर संख्यालाई१० ले गुणा गर्दाको शेयर संख्या भन्दा आवेदक संख्या धेरै भएको हुँदा गोलाप्रथाद्वारा शेयरको बाँडफाँड गरिनेछ । कुल १ लाख ८९ हजार आवेदकभमध्ये भाग्यमानी ६६ हजार ५ सय ५६ जनाले मात्र १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । सो व्यवस्था अनुसार करिब ३५ प्रतिशतले शेयर प्राप्त गर्ने देखिन्छ ।
कम्पनीले एफपिओ बिक्री पश्चात ४६ करोड १० लाख रुपैंया प्रिमियम संकलन गर्नेछ । एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी चुक्ता ५१ करोड हुनेछ । बीमा समितिले गरेको व्यवस्था अनुसार १ अर्ब चुक्ता पूँजी कायम गर्न कम्पनीले गत आर्थिक वर्षको कमाईबाट १३.५२ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । सो बोनस शेयर हाल एफपीओको बाँडफाँडमा पर्ने लगानीकर्ताले पनि पाउने कम्पनीले जनाएको छ । उक्त बोनस पश्चात कम्पनीको चुक्ता पूँजी साढे ५८ करोड हुनेछ । बिमा समितिले निर्धारण गरेको पुँजी पु¥याउन कम्पनीलाई थप ४२ करोड रुपियाँ पुँजी थप्नुपर्ने हुन्छ । कम्पनीले थप पुँजी नथपी एफपीओको प्रिमियमबाट नै बोनस शेयर दिएर पुँजी पु¥याउन सक्ने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x