नेपाल हिमालय सीमापार वाणिज्य संघको नयाँ नेतृत्व चयन हुदैं

काठमाडौं, १८ माघ । नेपाल हिमालय सीमापार बाणिज्य संघको १६ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माघ २७ गते हुने साधारण सभामा नयाँ नेतृत्वको लागि सहमति नजुटेमा निर्वाचनमार्फत नयाँ नेतृत्वको चयन हुनेछ । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा बर्तमान वरिष्ठ उपाध्यक्ष वच्चु पौडेल र सल्लाकार समितिका सभापति अमृत खडका बीच प्रतिस्पर्धा हुने स्थिति देखिएको छ । संघमा ८ सय ६० जना सक्रिय सदस्य रहेका छन् ।
बरिष्ठ उपाध्यक्ष पौडेलले नाकाहरुका समस्या समाधान गर्न पहल गर्ने, तातोपानी केरुङलगायतका नाकाहरुमा आएका जटिलताहरु हटाउन समन्वयकारी भुमिका निर्वाह गर्ने जस्ता व्यापारमुखी एजेन्डा लिएर चुनावी होमिएका छन् भने सल्लाकार समितिका सभापति खडका चीन विरोधी गतिविधि रोक्ने, चीनबाट नेपाल आउने ढुवानी भाडालाई समयअनुसार ब्यवस्थित गर्ने, तातोपानी, केरलालगायतका चीनसँगका नाकालाई व्यवस्थित गरी सुचारु गर्ने लगायतका एजेन्डा लिएर चुनावी मैदानमा आाएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *