सेञ्चुरी बैंकको १० प्रतिशत लाभांश, ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद

काठमाडौ, १८ माघ । सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको आज बसेको २५४ औं सञ्चालक समिति बैठकले गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ५ अर्ब ४६करोड चुक्ता पुँजी रहेकोमा हकप्रदबाट १ अर्ब ७० करोड र अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई मर्जर गर्दा जम्मा भएको ५१ करोड ५३ लाख समेत गरेर गत आवको असारमसान्तसम्म बैंकको चुक्ता पुँजी ७ अर्ब ६७ करोड करोड रुपियाँ पुगेको छ । बैंकले सोही पुँजीको ५ प्रतिशतलाई हुन आउने ३८ क्रोड ३९ लाख रुपियाँ बराबरको बोनस शेयर र ३८ करोड ३९ लाख रुपियाँ बराबरको नगद लाभांश कर समेतलाई जोडेर प्रदान गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिमा बैंकको आगामी साधारण सभाले स्वीकृति गरेपछि मात्र शेयरधनीले सो लाभांश प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *