Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मन्त्रालयबीच समन्वयको अभावमा अत्यावश्यक उद्योग सञ्चालनमा समस्या

मन्त्रालयबीच समन्वयको अभावमा अत्यावश्यक उद्योग सञ्चालनमा समस्या

काठमाडौं, ५ जेठ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयमा मन्त्रालयहरुबीच समन्वयको अभाव रहेको व्यवसायीहरुले बताएका छन् । कोरोना संक्रमितकको संख्या बढेसँगै गृह मन्त्रालयले गरेको लकडाउनमा गरेको कडाईले अति आवश्यक खाद्य वस्तु दुवानी गर्न समस्या परेको गुनासो बढ्दो छ।

सरकारले गत वैशाख २५ गतेबाट लकडाउन केही खुकुलो गरी ४४ किसिमका उद्योगहरुलाई कोरोनाको जोखिमलाई ध्यानमा राखि सञ्चालन गर्र्ने निर्णय गरेको थियो । त्यसका लागि छुट्टै पासको व्यवस्था गर्ने निर्णयसमेत भएको थियो । तर, नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले जेठ १ गतेदेखि लकडाउन कार्यान्वयनमा थप कडाई गर्यो । यसअघि दिएका सबै पासहरु सरकारले खारेज गर्ने निर्णय गर्यो ।

कतिपय अत्यावश्यक वस्तु आपूर्ति गर्ने उद्योगहरु अहिले आशिंक रुपमा भएपनि संचालनमा छन् । ती उद्योगहरुले जोखिम मोलेर सेवा दिईरहँदा कतिपय ठाउँमा राज्य संयन्त्रबाट समस्या झेल्नु परेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले जानकारी दिईन् । सामाग्री दुवानीको क्रममा प्रहरी प्रशासनले दुःख दिने गरेको गुनासोहरु आउँने गरेको उनले बताइन ।

सरकारले अत्यावश्यक वस्तु र सेवा सहज रुपमा उपलब्ध गराउँने भने पनि त्यसलाई बाधा पुगिरहेकोले उद्योग वाणिज्य मन्त्रालय र गृह मन्त्रालयबीच समन्वयको आवश्यकता रहेको उनले बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x