भारतीय विदेशमन्त्री स्वराज राजनीतिक भेटघाटमा व्यस्त, आज राष्ट्रपति, प्रधानमन्त्री सहित विभिन्न दलका शिर्ष नेताहरुलाई भेट्दै

काठमाडौं, १९ माघ । नेपाल भ्रमणमा रहकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजले आज राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटावार्ता गर्दै छिन् ।

भ्रमण कार्यतालिका अनुसार उनले अहिले बिहान ९ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग होटल सोल्टीमा भेटवार्ता गरेकी छिन् । त्यस्तै ११ बजे राष्ट्रपति विद्यादेवि भण्डारी र १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने छिन् ।

यसअघि उनको स्वागतमा हिजो बेलुँका नेकपा एमालले होटल सोल्टीमा रात्री भोजको आयोजना गरेको थियो । सो अवसरमा एमाले अध्यक्ष केपी ओली र स्वराज बीच वानटूवान छलफल समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *