Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपाल–भारत सम्बन्धमा दुवै देशका विज्ञहरूबीच अनलाइनमार्फत छलफल हुँदै

नेपाल–भारत सम्बन्धमा दुवै देशका विज्ञहरूबीच अनलाइनमार्फत छलफल हुँदै

काठमाडौं, ८ जेठ । नेपालको एशियन इन्स्टिच्युत अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआईडिआईए) तथा भारतको मनोहर परिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एण्ड एनलिसिसले जेठ ९ गते ‘कोभिड–१९ तथा नेपाल भारत सम्बन्ध’ विषयक अनलाइन छलफल संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । एआईडीआइर्एले विभिन्न समयमा नेपाल भारत सम्बन्धमा उतारचढाव आए तापनि दुवै देशले संयमताका साथमा स्थितिको व्यवस्थापन गरेको उल्लेख गर्दै अहिले कोभिड–१९का कारण दुईपक्षीय व्यापार, सीमा नाका, आवतजावत, रोजगारी जस्ता विषयहरूमा समस्या आएको सन्दर्भमा अनलाइन छलफल आयोजना गर्न लागेको बताएको छ ।
संस्थाका अध्यक्ष सुनिल केसीका अनुसार उक्त कार्यक्रममा दुवै देशका विज्ञबीच दुईपक्षीय सम्बन्धका विविध आर्थिक, सामाजिक तथा सीमा नाकाका विषयमा घनीभूत छलफल हुने बताएका छन् । त्यसबाट नेपाल–भारत सम्बन्ध थप मजबूत बनाउन दुवै देशका सरकारलाई ठोस सल्लाह सुझाव दिन सकिने विश्वास व्यक्त गरिएको छ । छलफलमा नेपालका पक्षबाट सुरेन्द्र पाण्डे, अभिषेक प्रताप शाह, डा. विष्णुराज उप्रेती, डा. विन्दु लोहनी तथा डा. गोविन्दप्रसाद पोख्रेलले भाग लिनेछन् भने भारतका तर्फबाट सुजन चिनोए, प्रा. एसडी मुनि, प्रा. महेन्द्र पी लामा, मञ्जीव सिंह पुरी, रणजीत राय र डा. निहार नायक सहभागी हुनेछन् । एआईडिआईए, काठमाडौंमा अवस्थित भू–राजनीतिक तथा भू–आर्थिक मामिलाका विभिन्न विषयहरूमा छलफल अन्तरक्रियाहरू आयोजना गर्ने स्वतन्त्र थिङ्क ट्याङ्क हो भने भारत सरकारको रक्षा मन्त्रालयको आर्थिक सहायतामा सञ्चालित एमपीआइडिएसए सुरक्षा तथा सामरिक विषयमा अध्ययन अनुसन्धान गर्ने स्वतन्त्र भारतीय विज्ञ संस्था हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x