Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

विद्यालय क्षेत्र विकास कार्यक्रममा कोभिड– १९ को प्रभावबारे समीक्षा

विद्यालय क्षेत्र विकास कार्यक्रममा कोभिड– १९ को प्रभावबारे समीक्षा

काठमाडौं, ८ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा सरकारका वित्त साझेदार एवं गैरवित्त साझेदारहरू विश्व बैंक, एडीबी, यूएसएआईडी, फिनल्याण्ड, नर्वे, यूरोपियन युनियन, जाइका, ग्बोबल पार्टनरशिप फर एजुकेशन, युनिसेफ लगायतको सहभागितामा विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी)को बजेट समीक्षा मिशन (बीआरएम) सम्पन्न भएको छ ।
उक्त समीक्षाले विद्यालय क्षेत्र विकास कार्यक्रममा कोभिड १९ ले पारेको प्रभावका साथै कार्यक्रम कार्यान्वयनको चौथो वर्षको प्रगति, वार्षिक कार्ययोजना, बजेट र अन्तिम वर्षका लागि स्रोतहरूको विनियोजनको प्रगति र उपलब्धिहरूको समेत मूल्यांकन गरेको छ ।

बजेट समीक्षाभन्दा अघि प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि, शिक्षक संघ, गैरसरकारी संघसंस्था, नागरिक समाज र अन्य सरोकारवालाहरूसँग आवश्यक परामर्श र अन्तरक्रिया समेत आयोजना गरिएको थियो । ‘विद्यालय शिक्षाका लागि हामी नयाँ उपाय र पद्धतिबारे सोच्दैछौं, जसले बालबालिको सिक्ने क्रम जारी राख्न सक्छन् र उनीहरूको भविष्य पनि सुनिश्चित गर्न सक्छ,’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले भने, ‘विद्यालय शिक्षा कार्यक्रम अहिलेको महामारीको आधारमा आगामी बजेटमा शिक्षा प्राथमिकतामा पर्नेछ, विद्यालयहरू सुरक्षित रूपमा सुचारु गर्ने मार्गदर्शनका लागि राष्ट्रिय ढाँचामा सबै तहका सरकार र सरोकारवालाहरूबीच समन्वय गरिनेछ ।’
समीक्षाले कोभिड १९ को प्रभावले विद्यालयहरू बन्द रहेको अहिलेको अवस्थामा दूरशिक्षा कार्यक्रममार्फत बालबालिकाको सिकाइलाई निरन्तरता दिन सकिनेबारे निष्कर्ष समेत निकालेको छ ।
‘कोभिड १९ को महामारी नेपालको शैक्षिक क्षेत्रमा चुनौतीको रुपमा रहेको छ, यसले विशेषगरी गरिब र कमजोर आर्थिक क्षमता भएका बालबालिका र युवाहरूलाई बढी असर पारेको छ,’ विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस एच हदाद जर्भोसले भने, ‘यस्तो बेला उपयुक्त नीतिमार्फत यो प्रभावको सामना गर्नु र संकटलाई अवसरमा बदन्नु महत्वपूर्ण हुन्छ ।’
यस्तै यूएसएआईडीका कार्यवाहक मिशन निर्देशन एड्रियाना हेसले नेपालमा कोभिड १९ को प्रभाव लामो समयसम्म शिक्षा क्षेत्रमा पर्ने भन्दै तत्कालका लागि विद्यालय खुल्ने सम्भावना नरहेको बताइन् । नेपालको आगामी आर्थिक वर्षको बजेटले शिक्षा क्षेत्रका योजनालाई अघि बढाउन र शिक्षामा सबै बालबालिकाको पहुँच स्थापित गर्न थप सघाउन पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x