Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कोरोना प्रभावले बजेट कार्यान्वयन सुस्त, १० महिनामा ५० प्रतिशत खर्च प्रगति

कोरोना प्रभावले बजेट कार्यान्वयन सुस्त, १० महिनामा ५० प्रतिशत खर्च प्रगति

काठमाडौं, ८ जेठ । नेपालमा बजेट कार्यान्वयनमा हुने ढिलासुस्ती र कमजोर खर्च प्रगति पुरानै रोग हो । अझ त्यसमा पनि पूँजीगत बजेट कार्यान्वयनमा सधैं समस्या हुने गरेको छ । आर्थिक वर्षको अन्त्यतिर आएर ‘असारे विकास’ गर्ने प्रवृत्ति रहने गरेकोमा यसपटक कोरोनाका कारण त्यो पनि सम्भव देखिएको छैन ।
कोरोना सन्त्रास र यसको रोकथामका लागि गरिएको लडकडाउनका कारण विकासका केही आयोजना (त्यो पनि न्यून क्षमतामा निर्माणाधीन)लाई छाडेर सबैजसो ठप्पप्रायः छन् । भौतिक पूर्वाधारका अधिकांश काम हुन नसक्दा यस वर्ष पूँजीगत बजेट लक्ष्य अनुसार खर्च हुन सकेको छैन ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ ६ गतेसम्म चालू आर्थिक वर्षको कुल बजेटको ५० प्रतिशत मात्र खर्च भएको छ । खर्च भएको बजेटमा ठूलो अंश चालू शीर्षकअन्तर्गत छ । तर, मुलुकको विकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने पूँजीगत बजेटको अवस्था भने अघिल्ला वर्षहरूको तुलनामा नाजुक छ ।
यस वर्ष ४ खर्ब ८ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले जेठको पहिलो सातासम्ममा १ खर्ब १५ अर्ब रुपैयाँ मात्र खर्च गर्न सकेको छ । लकडाउनको निरन्तरता, विकास आयोजनामा स्वास्थ्य सतर्कताका प्रावधान, मजदूरको अभावका कारण बाँकी २ महिनामा लक्ष्यअनुसार खर्च हुन सक्ने देखिँदैन ।
लकडाउनमा सुरक्षा सतर्कता साथ पूर्वाधार निर्माणका काम सुचारु राख्ने निर्णय सरकारले गरे पनि प्रभावकारी रूपमा आप्mना संयन्त्रलाई परिचालन गरी विकासका कामलाई गति दिन नसक्दा विकास बजेट खर्चन समस्या भएको हो । महालेखाको तथ्यांकले जेठ ६ गतेसम्ममा ११५ अर्ब बराबरको विकास बजेट खर्च भएको देखाएको छ । यस्तै वैशाख महीनामा १० अर्ब रुपैयाँ मात्र खर्च भएको छ ।
बजेट निर्माणताका ठूलो रकम माग्ने तर खर्च नगर्ने प्रवृत्ति चालू वर्षमा समेत दोहोरिएको छ । विनियोजित गरिएको खर्च गर्न नसक्दा १० सरकारी निकायले चालू वर्षका लागि छुट्याइएको बजेट अर्थ मन्त्रालयलाई फिर्ता गरेका छन् । रक्षा मन्त्रालयतर्पmको काठमाडौं–तराई फास्ट ट्र्याक आयोजनादेखि उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले चैत मसान्तसम्ममा यस वर्ष खर्च गर्न नसक्ने बजेट फिर्ता गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो । तर, उक्त बजेट खर्च गर्न नसकिने निष्कर्ष निकाल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १३ खर्ब ८५ अर्बमा पुर्यााएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x