Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

भाषा परीक्षा डिजिटल प्रविधिमार्फत गरी थप श्रमिक लैजान कोरिया तयार

भाषा परीक्षा डिजिटल प्रविधिमार्फत गरी थप श्रमिक लैजान कोरिया तयार

काठमाडौं, ८ जेठ । कोरिया सरकारले भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया लैजान तयार भएको छ । नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले रोजगार विभागमा भएको बैठकमा डिजिटल प्रविधिमार्फत परीक्षा गराई नेपाली श्रमिक कोरिया लैजान तयार भएको बताएका हुन् ।

उनका अनुसार पूर्वनिर्धारित तालिका अनुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ ।

कोरियामा हरेक वर्ष लगभग सात हजार नेपाली युवाले प्रत्यक्ष रूपमा रोजगारी पाउँदै आइरहेका छन्। यस वर्ष पनि सात हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो। कोरोना भाइरस महामारी रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता थियो। यसैबीच कोरिया सरकारको पक्षबाट यो निर्णय आएको सुङले बताए । कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएस अन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *