Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

निर्जीवन बीमा कम्पनीले मोटर बीमामा दुई तिहाइ छुट दिँदा केही असर पर्दैन: अध्यक्ष चापागाईं

निर्जीवन बीमा कम्पनीले मोटर बीमामा दुई तिहाइ छुट दिँदा केही असर पर्दैन: अध्यक्ष चापागाईं

काठमाडौं, ९ जेठ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले वार्षिक प्रिमियम संकलनको ८० प्रतिशत दाबी भुक्तानी गर्ने निर्जीवन बीमा कम्पनीहरूले लकडाउनको समयमा मोटर बीमामा २ तिहाइ छुट दिँदा कुनै असर नपर्ने बताएका छन् । शुक्रवार नोट बजारले आयोजना गरेको ‘बीमा क्षेत्रमा कोभिड–१९ ले पारेको असर र सुधारको पहल’ विषयक भर्चुअल संवादमा अध्यक्ष चापागाईंले देश नै समस्यामा परेको समयमा बीमा कम्पनीले नाफामा मात्र जोड दिन नहुने बताएका हुन् ।

उनले गत आर्थिक वर्षको तथ्यंक प्रस्तुत गर्दै निर्जीवन बीमा कम्पनीले वार्षिक २५ अर्ब रुपैयाँ प्रिमियम संकलन गर्ने गरेको र त्यसमा पनि ५५ प्रतिशत मोटर बीमाको हिस्सा रहेको जानकारी दिए । उनका अनुसार गतवर्ष मोटर बीमामार्फत १४ अर्ब रुपैयाँ प्रिमियम संकलन भएको थियो । तर, गतवर्ष कम्पनीहरूले ११ अर्ब रुपैयाँ दाबी भुक्तानी दिएका थिए । त्यसको आधारमा सरकारले ७० दिन मात्र लकडाउन गर्दा उक्त अवधिको दाबी भुक्तानी २ अर्ब १० करोड रुपैयाँ हुन आउने उनको भनाइ छ । उनी भन्छन्, ‘हामीले निर्जीवन बीमा कम्पनीलाई लकडाउनको अवधिमा करिब १ अर्ब ८० करोड रुपैयाँ हुन आउने प्रिमियममा छुट दिन भनेका हौं । यसले कम्पनीलाई ठूलो असर पर्दैन । लकडाउनको समयमा सबै बाँच्नुपर्छ ।’

गत ६ गते समितिले सवारीसाधन थन्किएको अवधिको बीमाशुल्क कुल वार्षिक बीमा शुल्कको एक तिहाइ रकम कट्टा गरी बाँकी दुई तिहाइमा समानुपातिक रकम छुट दिन निर्देशन दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x