Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाग्यो, ७० जना निको भएर घर फर्किए

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाग्यो, ७० जना निको भएर घर फर्किए

काठमाडौं, ९ जेठ । पछिल्लो विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार मात्र थप १९ जनामा कोरोना पृष्टि भएको हो । धनगढीको सेति प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो । यी सबै सरस्वति मा.वि. क्वारेन्टाइनमा बसेका थिए ।

बाँकेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालबाट निको भएर थप २१ जना घर फर्किएका छन् । निको हुनेमा १ वर्ष उमेर समूहका देखि ६० वर्ष उमेर समूहका रहेको मन्त्रालयले जनाएको छ । योसँगै निको भएर घर फर्कनेको संख्या ७० पुगेको छ ।

त्यस्तै प्रदेशगत रुपमा सबैभन्दा बढी निको भएर घर फर्कनेमा प्रदेश नं. १ छ । यो प्रदेशमा संक्रमण देखिएका ८५ जनामध्ये २६ जना निको भएर घर फर्किएका छन् । प्रदेश नं. २ मा कोरोना संक्रमण देखिएका १५१ जनामध्ये ६ जना निको भएका छन् । त्यस्तै वागमति प्रदेशमा संक्रमितको संख्या २८ छ भने निको ९ जना भएका छन् । गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ निको २, प्रदेश नं. ५ मा संक्रमित २२७ निको २२, सुदूरपश्चिम प्रदेशमा संक्रमित १० निको ५ जना भएका छन् । तर, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ छ ।

मन्त्रालयले गत २४ घण्टामा ३ हजार ८१९ पीसीआर विधिबाट परिक्षण गरेको छ भने आरडीटी विधिबाट ३ हजार ४२१ वटा परिक्षण गरेको छ ।

कुन प्रदेशमा कति परिक्षण ?
त्यसैगरी हालसम्म आरडीटी विधिबाट प्रदेश नं. १ मा ९ हजार ९२० वटा, प्रदेश नं. २ मा ६ हजार २९५ वटा, बागमति प्रदेशमा १९ हजार ९३ वटा, गण्डकी प्रदेशमा ७ हजार १८ वटा, प्रदेश नं. ५ मा ११ हजार ४८१ वटा, कर्णाली प्रदेशमा ८ हजार ६०१ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ७०७ वटा परिक्षण गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x