Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कराँची सहरमा बस्तीभित्र विमान दुर्घटना

कराँची सहरमा बस्तीभित्र विमान दुर्घटना

एजेन्सी, ९ जेठ । पाकिस्तानको कराँचीमा आन्तरिक उडानमा रहेको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको छ । लाहोरबाट कराँचीतर्फ आइरहेको पाकिस्तान इन्टरनेशनल एयरवेज (पीआइए) को जहाज अवतरणका क्रममा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ९१ जना यात्रु र आठजना चालकदलका सदस्य रहेका बताइएको उक्त विमान लाहोरबाट कराचीस्थित जिन्नाह अन्तर्रा्ष्ट्रिय विमानस्थल तर्फको उडानमा रहेको थियो। दुर्घटना लगत्तै दुर्घटनास्थलमा आपतकालिन उद्धारकर्मीहरू पुगिसकेका छन् । दुर्घटनालगत्तै विमान खसेको ठाउँबाट धुवाको मुस्लो निस्किएको थियो र त्यससँगै बस्तीमा पनि आगो लागेको थियो ।
“कराचीमा विमान दुर्घटनामा परेको छ। हामी यात्रु सङ्ख्या पुष्टि गर्ने प्रयास गर्दैछौँ तर प्रारम्भिक जानकारी अनुसार विमानमा ९९ जना यात्रु र आठ जना चालकदलका सदस्य रहेका थिए,“ पाकिस्तानको उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अवतरण गर्ने क्रममा जिन्नाह अन्तर्रा्ष्ट्रिय विमानस्थलभन्दा ३.२ किलोमिटर पर रहेको कराचीको एउटा बस्ती, मोडेल कोलोनी नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको बताइएको छ । पाकिस्तान सेनाका अनुसार उस्को दुत प्रतिक्रिया सैन्यका सैनिकहरू राहत तथा उद्धार कार्यमा खटिएका छन् ।
कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो । विभिन्न समयमा विभिन्न विमान दुर्घटनाहरूका कारण पाकिस्तानमा हवाई सुरक्षा अवस्था बलियो छैन ।
सन् २०१० मा एउटा निजी कम्पनी एअरब्लुद्वारा सञ्चालित एउटा विमान इस्लामावाद नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५२ जनाको ज्यान गएको थियो। जुन पाकिस्तानको इतिहासमा नै सबैभन्दा खराब विमान दुर्घटना थियो । सन् २०१२ मा पाकिस्तानको भोजा एअरले सञ्चालन गरेको एउटा बोइङ् ७३७–२०० विमान खराब मौसमका कारण रावलपिण्डीमा दुर्घटनाग्रस्त हुँदा १२१ यात्रु र ६ जना चालकदलका सदस्य सबै मारिएका थिए । र सन् २०१६ मा पाकिस्तान अन्तर्रा्ष्ट्रिय विमानसेवाको एउटा विमान उत्तरी पाकिस्तानबाट इस्लामावादतर्फको उडानमा रहँदा आकाशमा नै विस्फोट भएर ४७ जनाको ज्यान गएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x