Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लेकसाइडमा खुल्यो गजल रेस्टुरेन्ट ओपन हाउस

लेकसाइडमा खुल्यो गजल रेस्टुरेन्ट ओपन हाउस

पोखरा, १९ माघ । लेकसाइडको तालबाराही चोकमा ओपन हाउस रेस्ट्रो एन्ड लाउन्ज बार खुलेको छ । यो विगत ३० वर्षदेखि महेन्द्रपुलमा चलिरहेको गजल रेस्टुरेन्ट ओपन हाउसको शाखा हो । अहिले सफ्ट ओपनिङमा रहेको यस रेस्टुरेन्टको फागुन १ गते ग्रान्ड ओपनिङ हुँदैछ ।
पर्यटकीय केन्द्र लेकसाइड आउने नेपाली र भारतीय पर्यटकलाई नेपाली तथा हिन्दी सुगम गीत गजलको स्वादसँगै खानाहरु पस्कने उद्देश्यले शाखा विस्तार गरेको रेस्टुरेन्टका सञ्चालक सुरेश गुरुङले बताए । अर्का सञ्चालक गणेशबहादुर थापाका अनुसार रेस्टुरेन्टमा हरेक दिन साँझ ७ बजेदेखि ११ बजेसम्म ओपन हाउस ब्यान्डले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ ।
रेस्ट्रोमा करिब २ करोड रुपैयाँ लगानी भएको छ भने ४० जनाले रोजगारी पाएका छन् । रेस्ट्रोमा बिहान ८ बजेदेखि राति ११ बजेसम्म सेवा उपलब्ध हुने सञ्चालकद्वयले बताए ।
१ फागुनमा ग्रान्ड ओपनिङ भएपछि १२ फागुनसम्म प्रत्येक दिन अतिथि कलाकारका साथै रेष्टुरेण्डको आप्mनै व्याण्ड “द ओपन हाउस व्याण्ड”ले रेस्ट्रोमा प्रस्तुति दिने कार्यक्रम छ । त्यस अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्यान्ड, लक्ष्य ब्यान्ड, गायक प्रयत्न श्रेष्ठ काठमाडौंकी गायिका सोनिया बराइली लगायतले सांगीतिक प्रस्तुति दिनेछन् । कार्यक्रममा प्रसिद्ध उद्घोषक ओशिन सिटौला र निशा पन्थीले उद्घोषण गर्नेछन् ।
नेपाली, इन्डियन, चाइनिज, इटालियन तथा कन्टिनेन्टल खानाका परिकारका साथमा पाहुनाको रोजाइ अनुसार खाजा तथा खानाको सुविधा रहेको सञ्चालक गुरुङले जानकारी दिए । ‘पूर्ण पारिवारिक वातावरणमा सेवा उपलब्ध हुन्छ,’ उनले भने, ‘शत प्रतिशत हाइजेनिक तथा स्वादिष्ट खाना तथा खाजा हामी पाहुनालाई खुवाउँछौं ।’ रेस्टुरेन्टमा अहिले १ सय २० जनाको क्षमता छ । केही समयपछि ३ सय जना क्षमताको रुफटप गार्डेन विस्तार गरिने सञ्चालकहरुले बताए ।
ओपन हाउस हरेक दृष्टीबाट स्वच्छ र सुमधुर साँझका लागि उपयुक्त रहेको कन्सल्टेन्ट अरुण मानन्धरले बताए । “ओपन हाउस खानाका पारखीका लागि नयाँ गन्तव्य हो, मानन्धरले भने, सी फुड चाख्नका लागि पनि ओपन हाउन एक पटक आउन मेरो निमन्त्रणा छ ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x