Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनसीसी बैंकको काठमाडौंमा थप तीन शाखा

काठमाडौं, १९ माघ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले राजधानीका विभिन्न तीन स्थानमा शाखा विस्तार गरेको छ । बैंकको रातोपुल, महाराजगञ्ज र कलंकीमा थप शाखा विस्तार गरेको हो । रातोपुल शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरे भने महाराजगञ्ज शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेल गरे । त्यस्तै कलंकी शाखाको उद्घाटन अर्का कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले गरे ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५ करोड ४५ लाख रुपियाँ कमाएको छ । बैंकको निक्षेप ५८ अर्ब ९१ करोड रुपियाँ पुगेको छ भने कर्जा लगानी ५१ अर्ब ४१ करोड रुपियाँ पुगेको छ । ४ अर्ब ६७ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकले ५० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रियामा रहेको र बाँकी रकम बोनसमार्फत चुक्ता पुँजी ८ अर्ब रुपियाँ पु¥याउने योजनामा बैंक रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x