Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पीसीआर र आरडिटी विधिबाट १ लाख २४ हजार ८४१ परिक्षण

पीसीआर र आरडिटी विधिबाट १ लाख २४ हजार ८४१ परिक्षण

काठमाडौं, ११ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म पीसीआर र आरडीटी विधिबाट १ लाख २४ हजार ८४१ वटा परिक्षण गरेको छ । जसमा ३४ हजार ८१५ पीसीआर विधिबाट र आरडीटी विधिबाट ९० हजार २६ वटा परिक्षण गरिएको हो । त्यस्तै गत २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८५६ र आरडीटी विधिबाट ३ हजार ७९१ वटा परिक्षण गरेको हो ।

त्यस्तै आरडीटी विधिबाट प्रदेश नं. १ मा १० हजार २५४ वटा परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश नं. २ मा ६ हजार ३४४, बागमति प्रदेशमा २२ हजार ८११, गण्डकी प्रदेशमा ७ हजार ७०१, प्रदेश नं. १३ हजार २६७, कर्णाली प्रदेशमा ९ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६१० परिक्षण गरिएको छ ।

हालसम्म ६०३ जनामा कोरोना संक्रमण देखिएको छ भने ८७ जना निको भएर घर फर्किएका छन् । त्यस्तै ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण ४३ जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश नं. १ का ७ जिल्लाका ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने प्रदेश नं. २ का सबै जिल्लाका १७९ जनामा, बागमति प्रदेशका ११ जिल्लाका ३४ जानामा गण्डकी प्रदेशका ३ जिल्लाका ५ जनामा, प्रदेश नं. ५ का ७ जिल्लाका २८१ जनामा कर्णालीका २ जिल्लाका ४ जनामा र सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका १४ जनामा कोरोना पुष्टि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x