Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

चलनचल्तीमा पठाउने नोट डिस्इन्फेक्ट गर्नुपर्ने, पूर्वराजाको तस्वीर अंकित नोट प्रयोगमा रोक

चलनचल्तीमा पठाउने नोट डिस्इन्फेक्ट गर्नुपर्ने, पूर्वराजाको तस्वीर अंकित नोट प्रयोगमा रोक

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले चलनचल्तीमा पठाउने नोटलाई राम्ररी निस्संक्रमण (डिसइन्फेक्ट) गर्न आग्रह गरेको छ । एटीएममा पठाउने, काउन्टरबाट प्रचलनमा ल्याउने र धुल्याउन पर्ने नोटलाई फरक–फरक स्लीप लगाएर वर्गीकरण गर्न आग्रह गरिएको छ । केन्द्रीय बैंकले निर्देशन जारी गरेर पूर्व राजका तस्वीर अंकित नोट प्रचलनबाट हटाउन आग्रह गरेको छ । यस्ता नोटहरु बैंकहरुले झुत्रिएको, मक्किएको, जलेको, गलेको, छपाई बिग्रेको, किराले खाएको, भिजेको, सुरक्षणका विशेषता नबुझिने नोटहरुलाई जस्तै निष्काशन अयोग्य नोटका रुपमा वर्गीकरण गरेर चलनचल्तीमा नपठाउन बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।
बैंक तथा वित्तिय संस्थाले एटीएममा पठाउन योग्य नोटमा हरियो स्लीप लगाउनुपर्नेछ । काउन्टरबाट चलनलल्तीमा पठाउन योग्य नोटमा सेतो स्लीप र चलनचल्तीमा पठाउन अयोग्य नोटमा रातो स्लीपको प्रयोग गर्नुपर्छ । राष्ट्र बैंकले नोटमा स्टीच गर्न, नोटमा लेख्न र केरमेट गर्न नहुने र हिफाजत गर्न आग्रह गरेको छ । नोटमा रबर, प्लाष्टिक या पेपरको ब्याण्ड प्रयोग भने गर्न सकिनेछ । त्यस्तै, चलनचल्तीमा पठाउने नोटलाई निस्संक्रमित गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
चलनचल्तीमा पठाउन अयोग्य नोट भने बैंक तथा वित्तिय संस्था नोट कोष या नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ । नोटकोषमा वा नेपाल राष्ट्र बैंकमा पहुँच नभएका बैंक तथा वित्तिय संस्थाले आफ्नो खाता भएको बैंक तथा वित्तिय संस्थामा जम्मा गर्न राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x