Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

तेस्रो त्रैमासमा विकास बैंकहरूको नाफा ४ अर्ब ५५ करोड

तेस्रो त्रैमासमा विकास बैंकहरूको नाफा ४ अर्ब ५५ करोड

काठमाडौं, १२ जेठ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालका २१ विकास बैंकहरूले ४ अर्ब ४४ करोड नाफा आर्जन गरेका छन् । सम्बन्धित विकास बैंकहरूद्वारा प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आर्थिक वर्षको यसै अवधिमा उक्त बैंकहरूको नाफा रू. ४ अर्ब १२ करोड थियो ।

सो अवधिमा २१ विकास बैंकमध्ये सातओटाको नाफा खस्किएको भने अन्यको बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, देव विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, सहारा विकास बैंक, सिन्धु विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ह्रास आएको छ ।

चालू आवको तेस्रो त्रैमासमा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंकमा मुक्तिनाथ विकास बैंकले रहेको छ । बैंक रू. ६७ करोड ६० लाख नाफा कमाएर अग्रस्थानमा देखिएको हो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको ८ नाफा प्रतिशत बढेको हो । गत आवको तेस्रो त्रैमासमा बैंकको रू. नाफा ६२ करोड ५५ लाख थियो । यसैगरी गरिमा विकास बैंक र लुम्बिनी विकास बैंक बढी नाफा कमाउनेमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x