Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

काठमाडौंमा कबाब एण्ड ब्रियानी फुड प्रमोशन फेष्टिबल सुरु

काठमाडौंमा कबाब एण्ड ब्रियानी फुड प्रमोशन फेष्टिबल सुरु

काठमाडौं, १९ माघ । खाना पारखीहरुका साथै भारतबाट नेपाल घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी डाइनिङ पार्क रेष्टुरेन्ट एण्ड लउञ्च बार पुराना बानेश्वरले कबाब एण्ड ब्रियानी फुड प्रमोशन फेष्टिबल सुरु गरेको छ । फेबु्रअरी १ बाट सुरु फेष्टिबल १२ तारिखसम्म संचालन हुनेछ ।

फेष्टिबलमा भेजिटेबल, चिकेन, मटन सबै प्रकारका कबाब र ब्रियानी रहने आयोजकले जनाएको छ । ग्राहकहरुको चाहनाअनुसार फेष्टिबलमा विभिन्न भेराइटीहरु रहनेछन् ।

फेष्टिबलमा एक हजार देखि १२ सय रुपैंयाँमा कबाब र ब्रियानीको स्वादसँगै मज्जा लिन सकिनेछ । लउञ्च बारले मौसम अनुसार र समय अनुसार हरेक महिना फरक– फरक खाना महोत्सव आयोजना गर्दै जाने पनि जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x