Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एडीबीको २५ करोड डलर सहुलियत ऋण

एडीबीको २५ करोड डलर सहुलियत ऋण

काठमाडौं, १३ जेठ । काठमाडौं । एसियाली विकास बैंकले कोरोना भाइरस महामारीका असर सम्बोधनका लागि नेपाललाई २५ करोड अमेरिकी डलर ऋण सहयोग दिएको छ । यो सहुलियत ऋण सहयोग हो । कोरोना सिर्जित प्रभावहरुलाई सम्बोधन गर्नका लागि सहयोग प्रदान गरिएको एडीबीले जनाएको छ । स्वास्थ्य प्रणालीमा सुधार, आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका प्रतिकुलतामा सरकारका तर्फबाट गर्नुपर्ने प्रतिवादमा यो सहयोाग परिचालन हुनेछ । गरिब र जोखिमयुक्त विपन्न समुदायलाई ध्यानमा राखेर सरकारले संरक्षण प्रदान गर्नेछ ।
कोभिड–१९ महामारी जनस्वास्थ्यमा संकटलाई सम्बोधन गर्नुपर्ने प्रमुख दायित्व सरकार समक्ष छ । एडीबीका अध्यक्ष मासात्सुगु आसाकावाले एडीबीको सहयोगबाट सरकारले विपन्न र जोखिममा रहेको समुदायलाई सामाजिक सुरक्षा दिनुपर्ने र आर्थिक पुनस्र्थापनालाई अघि बढाउन सहज हुने उल्लेख गरेका छने । एडीबीले विकासशील सदस्य राष्ट्रहरुलाई कोरोना भाइरस महामारीको प्रतिकार्यका लागि अप्रिल १३ मा घोषित एडीबीको २० अर्ब अमेरिकी डलर बराबरको विस्तारित सहायता अन्तर्गत नेपाललाई सहायता उपलब्ध गराएको हो । यो सहयोगबाट परिक्षणलाई व्यापकता दिन र सातै प्रदेशमा महिला र पुरुषलाई छुट्टाछुट्टै गरी २ लाख व्यक्ति रहन सक्ने क्षमताको क्वारेन्टीन स्थापना गरिने भएको छ । स्वास्थ्यकर्मी र अन्य अग्रमोर्चामा खटिएर कोरोना महामारीको समयमा काम गर्नेहरुका लागि प्रोत्साहनको समेत व्यवस्था गरिनेछ ।
यसका अतिरिक्त, एडीबीको सहयोग सरकारद्वारा सामाजिक सुरक्षाका कार्यक्रम विस्तारित रुपमा सञ्चालन गर्न, विपन्न र जोखिममा रहेका घरपरिवारलाई खानपानको सुनिश्चितता गर्न, महिला र विदेशबाट फर्कने कामदारलाई प्राथमिकतामा राखेर बरोजगार तथा विपन्नलाई रोजगारी सिर्जना गर्न प्रयोग गरिने बताइएके छ । साथै, लघु, साना तथा मझौला उद्यम व्यवसायका लागि सहुलियत कर्जाको व्यवस्था गर्न सहयोग परिचालन हुनेछ । एडीबीले यसअघि युनिसेफसँगको सहकार्यमा नेपाललाई ३ लाख अमेरिकी डलर बराबरका पीपीई लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x