Shangrila

नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं, १३ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ जनासहित विभिन्न जिल्लाका ९० जना रहेका छन् । ५८२

हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने ५८२ जना आइसोलेसनमा उपचाररत छन् । त्यस्तै ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *