Date

बुध, अशोज २९, २०८२
Wed, October 15, 2025

बैंकको सीएसआर अब ‘जनजी आन्दोलन’का घाइते र सहिद परिवारका लागि

बैंकको सीएसआर अब ‘जनजी आन्दोलन’का घाइते र सहिद परिवारका लागि

काठमाडाैं, २९ असाेज । जेनजी आन्दोलनमा घाइते भएका नागरिकको उपचार खर्च अब बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकमबाट व्यहोर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले हालै संशोधन गरेको सीएसआर मार्गदर्शन २०८१ मा यो व्यवस्था गरिएको हो।

नयाँ प्रावधान अनुसार, सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका घाइते नागरिकका औषधि तथा उपचार खर्च बैंकहरूले आफ्नो वार्षिक सीएसआर बजेटबाट खर्च गर्न सक्नेछन्। यस कदमले आन्दोलनमा प्रभावित नागरिकका उपचारमा राहत पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, आन्दोलनमा सहिद भएका व्यक्तिहरूका आश्रित परिवारलाई आयआर्जनमा सक्षम बनाउनका लागि सीपमूलक तालिम सञ्चालन गर्न खर्च गरिएको रकम पनि सीएसआर अन्तर्गत गणना गर्न पाइनेछ। राष्ट्र बैंकका अनुसार, यस्ता तालिमहरू नेपाल सरकार वा स्वीकृत संस्थाबाट मात्र सञ्चालन हुनुपर्नेछ।

यस व्यवस्थाबाट ‘जनजी आन्दोलन’बाट प्रभावित परिवारका लागि स्वास्थ्य उपचार र पुनःस्थापनामा ठोस सहयोग पुग्ने विश्वास गरिएको छ। बैंकिङ क्षेत्रका विज्ञहरूले यसलाई “सामाजिक उत्तरदायित्वलाई प्रत्यक्ष जनसेवामुखी बनाउने कदम” भनेर स्वागत गरेका छन्।

राष्ट्र बैंकले यसअघि सीएसआर खर्चलाई प्रायः शिक्षा, वातावरण र वित्तीय साक्षरतामा केन्द्रित गरेको थियो। तर नयाँ संशोधनपछि सामाजिक संकटका अवस्थाहरूमा पनि बैंकको सीएसआर रकम प्रयोग गर्न सकिने गरी दायरा विस्तार गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *