Date

बुध, अशोज २९, २०८२
Wed, October 15, 2025

तरलता नियन्त्रणका लागि राष्ट्र बैंकले फेरि तान्दै ३५ अर्ब

तरलता नियन्त्रणका लागि राष्ट्र बैंकले फेरि तान्दै ३५ अर्ब

काठमाडाैं, २९ असाेज । वित्तीय प्रणालीमा जारी अधिक तरलताको दबाब नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज फेरि ३५ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत ४ दिनका लागि यो रकम संकलन गर्ने तयारी गरेको हो।

राष्ट्र बैंकका अनुसार, अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडको गुणकमा भाग दिन सक्ने व्यवस्था गरिएको छ।

संकलित निक्षेपको परिपक्वता (Maturity) तथा सावाँ–ब्याज भुक्तानी आगामी कार्तिक २ गते हुनेछ। यस बोलकबोलमा ब्याजदर प्रतिस्पर्धात्मक (Competitive) रूपमा तय गरिनेछ र बहुब्याजदर प्रणालीमा बहुबोलकबोल गर्ने सुविधा पनि दिइने राष्ट्र बैंकले जनाएको छ।

यो निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

राष्ट्र बैंकले हालसालै वित्तीय प्रणालीमा तरलता बढी भएको निष्कर्ष निकाल्दै बजारबाट पैसा तानेर सन्तुलन कायम गर्ने नीति अवलम्बन गर्दै आएको छ। यसअघि पनि बैंकले चरणबद्ध रूपमा निक्षेप संकलन गर्दै आएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *