सञ्चय कोषद्वारा अनलाइन मार्फत विशेष सापटी माग गर्ने २ सञ्चयकर्तालाई भुक्तानी
काठमाडौं, १३ जेठ । कर्मचारी सञ्चय कोषले आजदेखि अनलाइनबाट विशेष सापटी सेवा सुरु गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका बेला पनि सञ्चयकर्तालाई सहज सेवा दिने उद्धेश्यले अनलाइन सेवा सुरु गरेको बताइएको छ ।
कोषले आज सेवा सुरु गरेको पहिलो दिन दार्चुला र ललितपुरका २ सञ्चयकर्तालाई सापटी सुविधा दिएको प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए । अनलाइन आवेदन दिएका उनीहरुको बैंक खातामा रकम जम्मा गरिदिएको उनले जानकारी दिए ।
हाललाई यो विशेष सापटी सेवा केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्ने छन । सापटीका लागि आवेदन दिएको एक कार्यदिन भित्रै भुक्तानी गरिने जनाइएको छ ।