Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईबीएल एस क्यापिटलले दुइ ओटा ‘एडभाइजरी प्रडक्ट’ ल्यायो

एनआईबीएल एस क्यापिटलले दुइ ओटा ‘एडभाइजरी प्रडक्ट’ ल्यायो

काठमाडौं, १४ जेठ । एनआईबीएल एस क्यापिटलले कोभिड–१९को प्रभाव विश्लेषण एवं परामर्श गर्ने दुईओटा ‘एडभाइजरी प्रडक्ट’ ल्याएको छ । कम्पनीले ‘बिजनेस एसेसमेन्ट एण्ड इम्प्याक्ट एनालाइसिस’ र ‘स्टार्टअप सेट अप एण्ड क्यापिटल फण्डिङ’ नामक प्रडक्ट सञ्चालनमा ल्याएको हो ।

कम्पनीले व्यवसाय एवं स्टार्ट अपहरुलाई महामारीको प्रभाव लेखाजोखा, सम्भाव्यताको अध्ययन, विकल्पहरुको सुझाव र पुँजि व्यवस्थापनमा सहयोग गर्न एडभाइजरी प्रडक्ट सञ्चालनमा ल्याएको बताएको छ । ‘बिजनेस एसेसमेन्ट एण्ड इम्प्याक्ट एनालाइसिस’ ले ग्राहकहरुको व्यवसायमा महामारीले पारेको प्रभावको मुल्यांकन गर्ने र परामर्श दिनेछ । जसले गर्दा ग्राहकलाई व्यवसाय जोगाउन चाल्नु पर्ने कदम तथा योजनाको बिषयमा जानकारी दिनेछ । साथै, पुँजि जुटाउन र तत्कालिन समस्याका समाधानमा विकल्पहरुको खोजी गर्न समेत सहयोग गर्नेछ ।

एनआईबिएल एस क्यापिटलले अहिले वाणिज्य बैक, विकास बैक, फाइनान्स, जीवन बिमा, निर्जिवन बिमा, माइक्रोफाइनान्स र जलविद्युत कम्पनीहरुको आइपीयो, एफपीयो बिक्रि प्रवन्धन तथा व्यवस्थापनको काम गर्दै आएको छ । एनआइबीएल एस क्यापिटल लिमिटेड नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडको पूर्णस्वामित्वमा रहेको सहायक कम्पनी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x