Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कियाको निरो बुकिङ गरेकालाई लकडाउन खुले लगत्तै डेलिभरी गरिने

कियाको निरो बुकिङ गरेकालाई लकडाउन खुले लगत्तै डेलिभरी गरिने

काठमाडौं, जेठ १५ । नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन् । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको हो ।

उक्त गाडीको कन्साइनमेन्ट (खेप) कोरियाबाट नेपालका लागि एक हप्ता अगाडि नै चलान भइसकेको छ । लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने भएकोले बुकिङ गरेका ग्राहकलाई गाडी नेपाल आइपुग्नेबित्तिकै हस्तान्तरण गर्ने योजना बनाएको कम्पनीले जानकारी दिएको छ ।
एकपटकको फुल चार्जमा ४८० किलोमिटरसम्म गुड्ने उक्त एसयुभी नेपाली कार पारखीले निकै रुचाएर बुकिङ गरेका छन् ।

यसमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसको १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्ने पनि कम्पनीको भनाइ छ । यो एसयुभी स्टार्ट गरेको ८ सेकेन्डभित्रै १०० किलोमिटरको गतिमा कुद्न सक्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x