Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन्राइज बैंकका ग्राहकले इजि केयरबाट औषधि खरिद गर्दा २२ प्रतिशत छुट पाउँने

सन्राइज बैंकका ग्राहकले इजि केयरबाट औषधि खरिद गर्दा २२ प्रतिशत छुट पाउँने

काठमाडौं, १५ जेठ । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२ प्रतिशतसम्म छुट र क्यास व्याक दिने भएको छ । बैकले क्यू.आर कोड वा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग औषधि खरिद गर्ने ग्राहकलाई छुट दिने योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै लकडाउनको अवस्थामा पनि इजि केयरमा गरिएको खरिदका लागि सन््राइज बंैकको क्यू.आर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद गर्न सकिने छ । बैंकले ‘ब्लड टेष्ट फ्रम होम’ सुबिधा लिने ग्राहकहरुलाई १२ प्रतिशत छुट र १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गरिने छ । त्यसका साथै ग्राहकहरुले बैंकको कार्ड वा क्यू.आर कोड प्रयोग गरी आवश्यक मेडिकल किट जस्तै मास्क, पन्जा, सेनिटाइजर, स्प्रे तथा अन्य सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको विशेष छुट पाउन बैंकले जनाएको छ ।

त्यस्तै अवस्थाको जटिलता तथा ग्राहकहरुको सहजता, सुविधा र सुरक्षालाई ध्यानमा राखेर बैंकले काठमाडौं अरगेनिक, नेप मेड्स, मेरो किराना र फुडमाण्डुमा आवश्यक सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यस ब्यक पाउन सक्ने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x