Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सनराइज बैंक लिमिटेडद्वारा कर्मचारीहरूको कोभिड–१९ बिमा

सनराइज बैंक लिमिटेडद्वारा कर्मचारीहरूको कोभिड–१९ बिमा

काठमाडौं, १६ जेठ । कोरोना भाइरस (कोभिड–१९) ले देशव्यापी माहामारीको रुप लिइरहेको अवस्थामा आफ्नो कर्मचारीहरूको सुरक्षालाई मध्यनजर गर्दैे सन्राइज बैंक लिमिटेडले बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीको कोभिड–१९ बीमा गराएको छ । कम्पनीले कर्मचारीहरूको रू. १ लाख बराबरको कोभिड–१९ बीमा सामूहिक रूपमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमार्पmत गराइएको बताएको छ ।
बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीमा कोभिड–१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । यस बीमा सम्भैmाताले आफ्ना कर्मचारीको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास छ ।
बैंकले कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x