Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बजेटले अर्थतन्त्रको आकार, बाध्यता र क्षतीको अवस्था हेरेर राहत र सहुलियत ल्याएको छ : पर्यटन मन्त्री भट्टराई

बजेटले अर्थतन्त्रको आकार, बाध्यता र क्षतीको अवस्था हेरेर राहत र सहुलियत ल्याएको छ : पर्यटन मन्त्री भट्टराई

काठमाडौं, १६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताएका छन् । १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्था अनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताए।

उनले सरकारले बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायी उत्साहित भएको विश्वास समेत व्यक्त गरे। कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूववत् अवस्थामा फर्काउने प्रयास गरिरहेको मन्त्री भट्टराईले बताए।

उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न लागिएको बताए। आरोहणको क्षेत्रमा भएका समस्या समाधान गर्ने र थप रोजगारी सिर्जना गर्नेगरी पर्यटन ऐन ल्याउन लागिएको मन्त्री भट्टराईले बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x