Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

भारतमै रोकियो ४६ हजार मेटन मल, नयाँ सिजनको धानखेती प्रभावित हुने चिन्ता

भारतमै रोकियो ४६ हजार मेटन मल, नयाँ सिजनको धानखेती प्रभावित हुने चिन्ता

काठमाडौं, १७ जेठ । नयाँ सिजनको धान रोपाइँ हुने समय नजिकिँदा समेत बजारमा मल आपूर्ति नभएपछि यस वर्षको वर्षे धानबाली प्रभावित हुने चिन्ता बढेको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याउन लागेको करीब ४६ हजार मेट्रिकटन (मेटन) युरिया र डिएपी मल भारतमा रोकिँदा किसानले मल अभावको सामना गर्नुपरेको छ ।
यी दुवै कम्पनीले चीनबाट ल्याउन लागेको २५ हजार मेटन डीएपी मल चैत २१ देखि कोलकाता बन्दरगाहमा रोकिएको छ । साल्ट ट्रेडिङले ल्याउन लागेको २१ हजार ५ सय मेटन युरिया मल ओमानबाट लोड हुन नसकेपछि आपूर्तिकर्ता कम्पनीले भारतको गुजरातमा भण्डारण गरिएको मल नै दिने प्रस्ताव गरेको छ ।
नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालले गुजरातस्थित बन्दरगाहबाट तेस्रो मुलुकबाट ल्याइएका कुनै पनि सामान सीधै ल्याउन नपाउने भएकाले समस्या भएको साल्ट ट्रेडिङका महाप्रबन्धक कुमारराज भण्डारीको भनाइ छ । गुजरातबाट नेपाल ल्याउन भारत सरकारसँग स्वीकृतिको पहल थालिएको उनको भनाइ छ ।
नेपालले भारतको पश्चिम बंगालस्थित कोलकाता, हल्दिया र आन्ध्र प्रदेशको विशाखापत्तनम् बन्दरगाह उपयोग गर्दै आएको छ । उडिसाको धाम्रा र गुजरातको मुद्रा बन्दरगाह उपयोगको सैद्धान्तिक समझदारी भए पनि सहमति भइनसकेकाले गुजरातस्थित बन्दरगाहबाट मल भिœयाउन नसकिएको हो । कोलकातामा रहेको २५ हजार मेटन मल भने कोरोना भाइरसको जोखिम बढेका कारण श्रमिकको अभावले प्याकिङमा समस्या भइरहेको र प्याकिङ भएको मल पनि ढुवानीको समस्याले नेपालसम्म आउन सकेको छैन ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले श्रमिक उपलब्ध गराए पनि त्यहाँको स्थानीय प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै श्रमिकको संख्या घटाएको छ ।
अहिले कोलकातामा श्रमिकहरूले करीब ५ लाख बोरा मल प्याकिङ गरिरहेको कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्र भण्डारीले जानकारी दिए ।
आर्थिक वर्ष २०७६÷७७ मा कृषि सामग्री कम्पनीको १३ र साल्ट ट्रेडिङ कर्पोरेशनको सातओटा टेन्डरमार्फत कुल ४ लाख ५७ हजार मेटन मल नेपाल भिœयाउने सरकारको योजना थियो । यसमध्ये हालसम्म ३ लाख ३५ हजार ५ सय मेटन आइसकेको छ । १ लाख २१ हजार ५ सय मेटन मल आउन बाँकी रहेको कम्पनीको बताएको छ । यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा धेरै मल मौज्दात रहेको भनिए पनि किसानले भने मल नपाएको गुनासो गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x