Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार, आईकाओको मापदण्ड पूरा हुने

त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार, आईकाओको मापदण्ड पूरा हुने

काठमाडौं, १७ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३०० मिटर कायम गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो ३ हजार मिटर लामो धावनमार्गमा थप ३०० मिटर विस्तार गरिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गत हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले बताएको छ । आयोजनाका अनुसार धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टु विस्तारको काम सम्पन्न भएको छ ।
विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता हुनुका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पूरा हुने आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले बताएको राससमा उल्लेख छ ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको यो चौथोपटकको धावनमार्ग विस्तार गरिएको हो । यसअघि विमानस्थलको शुरूमा ६ हजार, दोस्रोपटक ८ हजार र तेस्रोपटक ३ हजार मिटर धावनमार्ग विस्तार भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जम्बो जेट, बोइङ ७४७, एयरबस ए–३३० लगायत जहाज सहजै उडान अवतरण गर्छन् । त्रिभुवन विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x