Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बाग्मती प्रदेश सरकारले प्रदेश पूर्वाधार कम्पनी स्थापना गर्ने

बाग्मती प्रदेश सरकारले प्रदेश पूर्वाधार कम्पनी स्थापना गर्ने

हेटौंडा, १९ जेठ । बाग्मती प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना गर्ने भएको छ । प्रदेश सरकार मातहत वा बाहेक प्रदेशभित्र हुने विकास निर्माणको कार्यलाई व्यवस्थित गर्न विकास कम्पनी स्थापना गर्न लागिएको बताइएको छ ।
विकास निर्माणमा आवश्यक पर्ने गुणस्तरीय निर्माण सामग्री छनोट तथा आवश्यकता अनुसार उत्पादनसमेत गर्न, निर्माणलाई दिगो र वातावरणमैत्री बनाउन, स्तरीय निर्माण सामग्री उत्पादन गरी बिक्री वितरण गर्नलगायत विकास निर्माणसँग सम्बन्धित कामका लागि प्रदेश पूर्वाधार कम्पनीको स्थापना गर्ने प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेशमा हुने विकास निर्माणलाई चुस्त बनाउन विकास कम्पनी स्थापना गर्न लागिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताएको राससमा उल्लेख छ । विसं २००७ यता राज्यमा भएका ठूला तीन क्रान्तिले नेपाललाई समाजवादोन्मुख राज्य व्यवस्थातर्फ उन्मुख गराएको तथा संविधानसभामार्फत जारी नेपालको नयाँ संविधानले राज्य, सहकारी र निजी क्षेत्रसहितको तीन खम्बे नीतिसहितको मिश्रित अर्थव्यवस्थाको परिकल्पना गरेकाले सोही परिकल्पनालाई मूर्तरूप दिन विकास कम्पनी स्थापना गर्न लागिएको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x