Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

काठमाडौं, २२ जेठ । एनआईसी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहाने ग्राहकलाई थप सहजता र ग्राहकमैत्री बनाएको छ । यस विषम परिस्थितिमा समेत अनलाईन खाता खोल्ने ग्राहकको संख्यामा उल्लेख्य वृद्घि भइरहेको अवस्थामा बैंकले प्रक्रियामा थप सुधार गरी छोटो समयमै खाता खोल्न सक्ने सुविधा ल्याएको हो ।

सर्वप्रथम ईमेल, नाम, मोबाईल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहकले दोस्रो चरण पूरा गर्नका लागि बैंकबाट इमेल प्राप्त गर्नेछन् । दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहकले आफ्नो डकुमेन्टसमेत सहज रुपमा अपलोड गर्न सक्नेछन् ।

साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ । विदेशमा रहेका ग्राहकले ईमेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि अनुरोध गर्न सक्ने बैंकले जनाएको छ । अब ग्राहकले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाईटमा गई अनलाईन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ । यसरी अनलाईन खाता खोलेका ग्राहकले लकडाउन अवधीसम्म मोबाईल बैंकिङ्गमार्फत पहिलो कारोबार गर्दा ५०० रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्नेछन् ।

यसैगरी लकडाउनको अवधिमा ग्राहकले घरमै बसी आफुलाई चाहिने खाद्य सामग्री बैंकको मोबाईल बैंकिङ्ग वा डेबिट÷क्रेडिट कार्ड जस्ता भुक्तानी माध्यम प्रयोग गरी विभिन्न अनलाईन स्टोरहरुबाट खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता प्राप्त गर्न सक्ने योजना सञ्चालन गरेको छ ।

हाल बैंकले ३२६ शाखा कार्यालय, ४६३ एटीएम, १०१ वटा एक्स्टेन्सन काउण्टर र ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x