Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लकडाउन खुकुलो पारेर अर्थतन्त्र चलायमान बनाउन चेम्बरको सुझाव

लकडाउन खुकुलो पारेर अर्थतन्त्र चलायमान बनाउन चेम्बरको सुझाव

काठमाडौं, २२ जेठ । नेपाल चेम्वर अफ कमर्सले लकडाउनलाई खुकुलो पारेर अर्थतन्त्रलाई चलयमान बनाउन सुझाव दिएको छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरको प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीहरुलाई भेटेर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउन खुकुलो बनाउन सुझाव दिएका हुन ।

अध्यक्ष श्रेष्ठले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेट गरि लकडाउन लामो समय गएको भन्दै अव स्वास्थ्य सुरक्षाका सबै उपायहरु अबलम्बन गरेर व्यवसायलाई चलयमान बनाउन सुझाव दिएको जानकारी दिए ।

तीनवटै प्रमुख जिल्ला अधिकारीहरु लकडाउन खुकुलो बनाउने विषयमा सकारात्मक रहेको पनि उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीहरुले सबै सुझावलाई लिएर नयाँ मोड्यालिटि बनाएर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने जानकारी दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x