कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुग्यो, थप एक जनाको मृत्यु

काठमाडौं, २२ जेठ । नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थप १२ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या २९० पुगेको छ भने कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १० पुगेको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८४ हजार १३४ परिक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख २५ हजार ५६४ परिक्षण भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *