Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोरोना बीमाको दायित्व बाँडफाँड

कोरोना बीमाको दायित्व बाँडफाँड

काठमाडौं, २४ जेठ । कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकार, बीमा समिति र बीमकबीच बाँडफाँड भएको छ । अहिले कोरोना बीमा गर्नेको संख्या ३ लाख नाघिसकेको छ, त्यसआधारमा ३० अर्बको दायित्व सिर्जना भएको भन्दै कोरोना भाइरस विरुद्धको बीमा स्थगित गर्ने मनस्थितिमा सेवाप्रदायक र नियामक पुगेका थिए । किनकी २० वटा निर्जीवन बिमा कम्पनीको पुँजी २० अर्ब र नेपाल पुनर्बीमा कम्पनीको १० अर्ब गरेर ३० अर्ब पुँजी हुने र सो पुँजी बराबरको दायित्व सिर्जना भैसकेकाले थप बीमाको दायित्व धान्न पुँजीले समेत नपुग्ने अवस्था आएको थियो । अब यस बीमाको जोखिमको दायित्व कम्पनीले मात्र बहन गर्नु नपर्ने भएको छ ।

बीमक संघ र बीमा समिति बीच भएको सम्झौता अनुसार बीमाको दायित्व सरकार र समितिले समेत ब्यहोर्ने भएको छ । अर्थमन्त्रायल, बीमा समिति र बीमक संघबीच भएका सम्झौता अनुसार ३ अर्ब ५० करोड रुपैयाँसम्म दावी भुक्तानीको दायित्व बीमा कम्पनी, नेपाल पुर्नबीमा कम्पनी र बीमा समितिलेले ब्यहोर्ने सम्झौता भएको छ । ‘१ अर्ब रुपैयाँसम्म पुरानै व्यवस्था अनुसार हुन्छ,’ बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले भने ‘त्यसपछिको दावीको दायित्व १ अर्ब रुपैयाँ नेपाल पुर्नबीमा, ५० करोड बीमा कम्पनीहरुले आफ्नो महाविपत्ती जगेडा कोषबाट र १ अर्ब रुपैयाँ बीमा समितिले आफ्नो पुँजीबाट ब्यहोर्ने सम्झौता भएको छ ।’

बाँकी परेको दावीको दायित्व सरकारले लिने सम्झौता भएको उनले जानकारी दिए । यसरी ३५ हजार जनाको बीमा कम्पनी, पुर्नबीमा कम्पनी र समितिले जोखिमको दायित्व बहन गर्ने छन्, भने सो भन्दा माथिको दायित्व सरकारमा जानेछ । नयाँ बीमा कम्पनी बाहेकका बीमा कम्पनीहरुको विपत्ती कोषमा करिब ७० करोड रुपैयाँ छ ।

कोरोनाको संक्रमण बढी भएको क्षेत्रका अधिकांस जनतालाई कोरोना बीमा गराउने कम्पनीलाई समितिले प्रोत्साहन गर्ने भएको छ । समितिले जारी गरको कोरोना बीमाको पूल अन्तर्गत नेपाल पुर्नबीमा कम्पनीले २० प्रतिशत र २० वटा निर्जीवन बीमा कम्पनीहरुले ४र४ प्रतिशत जोखिम ब्यहोरेर १ वर्षको समयावधिको पोलिसी बिक्री गर्दै आएका थिए ।

बीमा समितिले वैशाख ४ मा परिपत्रमार्फत् कोभिड–१९ को घातक रोग सरहको बीमा गर्नुपर्ने व्यवस्था गरेको थियो । एक लाख बीमांकको बीमा गर्दा प्रिमियम (बीमा शुल्क) व्यक्तिको हकमा १ हजार र परिवारको सम्पूर्णको बीमा गर्दा प्रत्येक सदस्यको ६०० रुपैयाँ प्रिमियम कायम गरिएको छ । त्यस्तै, ५० हजार रुपैयाँ बीमांकको बीमा गर्दा भने प्रति व्यक्ति ५०० र सम्पूर्ण परिवारको भए प्रति सदस्य ३०० रुपैयाँ बीमाशुल्क लाग्छ ।

बीमा दाबीका लागि १५ दिनसम्म प्रतिक्षा अवधि रहने र कोरोना भाइरस पुष्टी हुने पोलिमरेज चेन रियाक्सन (पीसीआर) परिक्षण पोजिटीभ भए दाबी योग्य हुने व्यवस्था छ । बीमा समितिको निर्देशनपछि निर्जीवन बीमा कम्पनीहरुले ५० हजार र एक लाख बीमांकको कोरोना बीमा गर्दै आएका छन् । पीसीआर टेस्ट पोजिटीभ आउनेबित्तिकै बीमा दाबी भुक्तानी दिनुपर्ने व्यवस्था छ । संक्रमितको संख्या बढ्दै गएका क्षेत्रमा कम्पनीहरुलाई दाबी फछ्र्यौटमा सरकारले सहयोग गर्नेगरी यसलाई सुचारु गराउन सफल भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x