Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

असार २९ भित्रै महासंघको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने

असार २९ भित्रै महासंघको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने

काठमाडौं, २४ जेठ । कोरोना भाइरस महामारीका कारण पछि सारिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति तोक्ने सम्बन्धमा पदाधिकारी बैठकमा छलफल भएको छ । हिजो सम्पन्न पदाधिकारी बैठकले अध्यक्षले कार्यसमिति बैठक बोलाएर निर्वाचनको मिति तोक्न आग्रह गरेको छ ।

अध्यक्ष भवानी राणाको कार्यकाल चैत २९ मै समाप्त भएको थियो । महासंघले उक्त मितिमा नयाँ कार्यसमितिका लागि निर्वाचन तय गरेको भएपनि लकडाउनका कारण महासंघको निर्वाचन सरेको हो । लकडाउन अघि नै सरकारले महासंघलाई साधरणसभा गरेर भिडभाड नगर्न आग्रह गरेपछि महासंघको निर्वाचन सर्ने निश्चित नै भैसकेको थियो ।

वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष रहने प्रावधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको नेतृत्वमा रहनेछन् । तर अन्य पदमा भने निर्वाचन गर्नुपर्छ । कुनै कारणले तोकिएको मितिमा साधरणसभा स्थगित गर्नुपरेको खण्डमा तीन महिनाभित्र साधरणसभा गरिसक्नुपर्ने महासंघको विधानमा व्यवस्था छ । उत्त, विधान अनुसार, डिजिटल माध्यमबाट चुनाव गराउन अध्यक्ष राणामाथि दबाब छ । उनले सम्भवतः आगामी कार्यसमितिको बैठकबाट निर्वाचनको मिति तय गर्नेछ ।

महासंघको विधान अनुसार, असार २९ भित्र साधरणसभा सम्पन्न भइसक्नुपर्छ ।
महामारीको अहिलेको अवस्थामा अन्य पदहरुमा पनि निर्वाचन नगरी सर्वसम्मत कार्यसमिति चयनका लागि समेत प्रयास भैरहेको बुझिएको छ । यद्यपि सर्वसम्मत हुन नसकेमा डिजिटल भोटिङ हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x