नेपालमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, संक्रमितको संख्या २९१२ पुग्यो
काठमाडौं, २३ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप एजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार सुर्खेत पञ्चपुरीका २८ वर्षे पुरुषको बिहीबार मृत्यु भएको हो । उनी गत जेठ ८ गते भारतबाट नेपाल आइ स्थानीय क्वारेन्टाइनमा बसेका थिए । उनको आरडीटी विधिबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर, पीसीआर विधिबाट परिक्षण गर्दा उनको रिपोर्ट पोटेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमितको संख्या पनि बढेर २ हजार ९१२ पुगेको छ । आज थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । निको भएर आज थप ४३ जना घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ३३३ पुगेको छ । हालसम्म ६८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । जसमा प्रदेश नं. का १२ जिल्लाका २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी प्रदेश नं. २ का सबै जिल्लाका ९९३ जनामा, बागमति प्रदेशका १२ जिल्लाका ८५ जनामा, गण्डकी प्रदेशका ९ जिल्लाका ५७ जनामा, प्रदेश नं. ५ का ११ जिल्लाका ९६५ जनामा, कर्णाली प्रदेशका ७ जिल्लाका ४७९ जनामा र सुदूरपश्चिम पदेशका सबै जिल्लाका ९१ जनामा कोरोना पुष्टि भएको छ ।
हालसम्म पीसीआर विधिबाट ८८ हजार ३३६ परिक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ३२ हजार ९६६ वटा परिक्षण भएको छ ।