Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बेलायतले नेपाललाई डेढ अर्ब सहयोग दिने

बेलायतले नेपाललाई डेढ अर्ब सहयोग दिने

काठमाडौं, २५ जेठ । बेलायतले कोरोना भाइरस महामारी (कोभिड–१९) को प्रतिकार्यका लागि सहयोग स्वरूप थप १ करोड पाउन्ड अर्थात करिव डेढ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बेलायत सरकारले नेपाल सहितका विकासोन्मुख राष्ट्रहरूको सहयोगमा एक १० करोड पाउन्ड सहायता घोषणा गरेको हो । त्यसमध्येबाट १ करोड नेपालले प्राप्त गर्नेछ ।
बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिफिड) मार्फत उक्त सहयोग परिचालन गरिने बताइएको छ । यो सहयोगअन्तर्गत नेपालको बेलायतस्थित दूतावासले १ करोड पाउण्ड सहायता प्राप्त गर्नका लागि पहल अघि बढाइसकेको छ ।
यसअघि बेलायतले कोरोना भाइरस महामारी विरुद्घकै अभियानमा सहयोग स्वरूप नेपाललाई ८२ लाख पाउन्ड अर्थात सवा अर्ब रुपैयाँ सहयोग प्रदान गरिसकेको थियो ।
नेपालसँगको पुरानो मित्रतालाई ध्यानमा राखेर बेलायतले उक्त सहयोग उपलब्ध गराएको बेलायतका लागि नेपाल राजदूत दुर्गा बहादुर सुवेदी क्षेत्रीले जानकारी दिए । बेलायत सरकारले डिफिडको माध्यमबाट हरेक वर्ष नेपाललाई ९ करोड २० लाख पाउन्ड अर्थात करिव १४ अर्व रुपैयाँ सहयोग गर्दै आएको छ । बेलायतले कोभिड-१९ विरुद्धको आफ्नो लडाइँलाई जारी राख्दै मित्रराष्ट्रहरुलाई समेत सहयोगका लागि हात बढाइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x