नबिल बैंकले सञ्चालनमा ल्यायो ‘नबिल जेन–एन एकाउण्ट’
काठमाडौं, २५ जेठ । नबिल बैंकले ‘नबिल जेन–एन एकाउन्ट’सञ्चालनमा ल्याएको छ । कोरोना महामारीको समयमा आफ्नो ग्राहकहरुको सेवा सुविधा एवं आवश्यकतालाई ध्यानमा राख्दै स्वस्थ र सुरक्षित कारोबारको सुविधा प्रदान गरेर ढुक्क बनाउन बैंकले ‘नबिल जेन–एन एकाउन्ट’ सञ्चालनमा ल्याएको हो ।
‘नबिल जेन–एन एकाउन्ट’ घरमै बसेर खाता खोल्न सकिने, आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत खाता भएको बैंकले बताएको छ । यसमा बैंकले मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाइन ट्रान्जेक्शन र डेबिट कार्ड, क्रेडिट कार्ड, एनटीसीरएनसेल २ जीबी डबटब प्याकेज निःशुल्क जारी गरेको छ ।
घातक रोगहरूको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्यधिक व्ययभार हुने विषयलाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पु¥याउने ध्येयले आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोग तथा दुर्घटना बीमा सुविधा समेत प्रदान गरिने बताइएको छ । १८ वर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोली यसको लाभ लिई ढुक्क हुन सक्नेछन् ।