सुनको दरभाउ प्रकाशन सुरु, मूल्य प्रतितोला ९० हजार नजिक

काठमाडौं, २५ जेठ । सरकारले गत चैत ११ गतेबाट गरेको लगडाउनका कारण स्थिगित सुनको दरभाउ प्रकाशन पुनः सुरु भएको छ । साढे २ महिनापछि आइतबार (आज)बाट दरभाउ प्रकाशनमा आएको हो ।

आज सुनको प्रतितोला मूल्य ८७ हजार ४०० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्य गत चैत १० गते प्रतितोला ७७ हजार रुपैयाँ मात्र थियो । विश्वभर फैलिएको कोरोना भाइरसका कारण सुनको मूल्यमा उच्च वृद्धि भएको हो ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ मार्फत सुनको भन्सार पनि २ रुपैयाँले बढाएको छ ।

चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत चैत १० गते चाँदीको प्रतितोला मूल्य ७२० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *