Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मेलम्चीको पानी वितरण पूर्वाधार सम्पन्न हुँदै

मेलम्चीको पानी वितरण पूर्वाधार सम्पन्न हुँदै

काठमाडौं, २७ जेठ । काठमाडौं उपत्यकामा मेलम्ची आयोजनाको पानी वितरणका लागि पूर्वाधारको काम गरिब सम्पन्न भएको छ । अधिकांश स्थानमा सबै खालका पाइप जडान तथा रिजर्भ ट्यांकी निर्माणलगायत काम सकिएको छ । मेलम्ची खानेपानी विकास समितिले असार मसान्तसम्ममा खानेपानी झार्ने तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालय वितरणका लागि आवश्यक तयारीमा लागेको राससमा उल्लेख छ ।
लकडाउनको समयमा समेत आवश्यक स्वास्थ्य सावधानी अपनाएर काम भइरहेको आयोजनाले बताएको छ । समितिले असार मसान्तसम्ममा निर्माण सकाए पनि काठमाडौं उपत्यकावासीले पानी खान भने अझै केही समय लाग्न सक्ने बताइएको छ । खानेपानीको सुरुङ परीक्षणका लागि सातदेखि १० दिनसम्म लाग्नेछ । सुरुङमा पानी पठाएर परीक्षण गर्दा कुनै पनि किसिमको समस्या देखिएमा तत्काल त्यसको मर्मत हुनेछ ।
पाइप परीक्षणका लागि दैनिक ४० देखि ५० लाख लिटरसम्म पानी आवश्यक पर्ने निर्देशनालयले बताएको छ । अहिलेसम्म प्रयोगमा नआएका पाइपलाई निर्मलीकरणको काम पनि त्यसपछि हुनेछ । केही समयसम्मको तयारी सकिएपछि उपत्यकामा उपलब्ध हुने सबै पानी वितरण हुनेछ ।
निर्देशनालयले अहिलेसम्म सबै किसिमको गरी झण्डै एक हजार २०० पाइप बिच्छ्याइसकेको छ । १० स्थानमा रिजर्भ पानी ट्याङ्कीको निर्माण भइसकेको छ । भक्तपुरको कटुञ्जे, चक्रपथको बल्खुलगायतका केही स्थानमा मात्रै पाइप बिच्छ्याउन बाँकी छ ।
बोर्डले हेलम्बुस्थित निर्माणस्थलमा सुरुङमार्ग, हेडबक्स निर्माण र सुन्दरीजलमा दुई प्रशोधन केन्द्र निर्माण गरेको छ । निर्देशनालयले प्रशोधन केन्द्रबाट विभिन्न स्थानमा रिजर्भ ट्याङ्की हुँदै पोखरीसम्म पानी पठाउन आवश्यक संरचना निर्माण गरेको छ । पानी काठमाडौंमा झरेपछि निर्देशनालयले नयाँ पाइपको परीक्षण गर्नेछ भने काठमाडौँ केयुकेएलले पानी वितरण गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x