Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

१० युनिटसम्म विद्युत खपत गर्नेले आगामी वर्षदेखि शूल्क तिर्नु नपर्ने

१० युनिटसम्म विद्युत खपत गर्नेले आगामी वर्षदेखि शूल्क तिर्नु नपर्ने

काठमाडौं, २७ जेठ । आगामी आर्थिक वर्षदेखि १० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई सधैका लागि निःशूल्क वितरण गरिने भएको छ । विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा यस्तो व्यवस्था गरिने ऊर्जामन्त्री वर्षमान पुनले संसद्मा जानकारी दिए । यसको लागि विद्युत नियमन आयोगले काम गरिरहेको उनले बताए ।

यसरी छुट दिँदा ८ लाख ६१ हजार ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाई छ । ‘विद्युत नियमन आयोगमा यो प्रस्ताव गरेका छौं ।’ उनले भने ‘विद्युत प्राधिकरणले मूल्य समायोजन गर्दै छ । योसँगै १० युनिटसम्म उपभोग गर्ने ८ लाख ६१ हजार ग्राहकलाई सधैको लागि निःशूल्कमा वितरण गर्ने व्यवस्था हामी गर्दै छौं ।’

त्यस्तै लकडाउन अवधिमा १५० युनिट खपत गर्ने ३१ लाख ३० हजार रहेको र उनीहरुको लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको मन्त्री पुनले बताए । बजेटमा २५० युनिट खपत गर्ने ग्राहकको लागि १५ प्रतिशत छुट दिने आगामी बजेटमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x