Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भुम्पपछिको पुनर्निर्माणले करिब अढाई खर्ब ऋण थप्यो : अर्थमन्त्री खतिवडा

भुम्पपछिको पुनर्निर्माणले करिब अढाई खर्ब ऋण थप्यो : अर्थमन्त्री खतिवडा

काठमाडौं, २७ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले नीजि आवास पुनर्निर्माणले करिब २ खर्ब ५० अर्ब रुपैयाँ ऋण थपेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै मन्त्री खतिवडाले पुनर्निर्माणले गर्दा बजेटमा ऋणको अंश बढ्दै गएको बताएका हुन् ।

संसद्मा बजेटमा ऋणको अंश बढ्दै गएको भन्ने प्रश्न उठेको सन्दर्भ जोड्दै उनले बजेटमा ऋण बढ्नुको प्रमुख कारण पुनर्निर्माण भएको बताए । ‘बजेटमा ऋणको अंश बढ्दै गएको भन्ने शन्दर्भ यहाँ उठेको छ ।’ उनले भने ‘हामीले जब पुनर्निर्माणको काम शुरु गरिउँ, विदेशी ऋण लिएर सुरु गरेका हौं ।’

अहिले ८ लाख घरहरु पुनर्निर्माण हुँदै गरेको र ती अधिकांश घरहरुको पैसा ऋणको पैसा भएको उनले बताए । सरकारले भुकम्पबाट क्षतीग्रस्त नीजि आवास पुनर्निर्माणका लागि सरकारले प्रतिघर ३ लाख रुपैयाँ प्रदान गरेको छ ।

त्यसैगरी मन्त्री खतिवडाले ठूला आयोजनाहरु अगाडि बढाउँनका लागि पनि थप ऋण परिचालन गर्न परेको बताए । ‘खास गरि जलविद्युत आयोजना, सडक सम्बन्धी आयोजना र केही अरु आयोजना अगाडि बढाउँन हामीलाई थप ऋण परिचालन गर्नु परेको हो ।’ उनले भने । कुल ग्रहस्थ उत्पादनको सुरक्षित सिमाभित्रै वैदेशिक ऋण परिचालन गरेको जानकारी दिए । ऋणको हिसाबले दक्षिण एशियाकै सहज अवस्थामा रहेको मन्त्री खतिवडाले बताए ।

विद्येक प्रस्तुत गर्दै राजिनामा दिने हो भने कुनै पनि मन्त्रीले बजेट पास गर्न पाउँदैनन्
मन्त्री खतिवडाले अर्थ र विनियोजन विद्येक संसद्मा प्रस्तुत गर्दैमा मन्त्रीले राजिनामा दिने हो भने कुनै पनि मन्त्रीले बजेट पास गर्न नसक्ने बताएका छन् । विद्युतीय गाडीमा अरबौं रुपैयाँको चलखेल भएको र अर्थमन्त्रीले राजिनामा दिनु पर्ने माग संसदले राखेपछि मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

मन्त्री खतिवडाले विचाराधिन विद्येकमा अहिल्यै यो विषय प्रवेश गर्न नहुने बताएका छन् । ‘अहिले नै यो विषय प्रवेश गर्ने हो भने संसदमा विचाराधिन रहेको विद्येकको हामी पूर्व निर्णय गर्दैछौं ।’ उनले भने ‘व्यक्तिगत धारणा राख्न मन्त्री र संसद्लले पाउँछ नै, यो नगर्न माननीय ज्यूहरुलाई म अनुरोध गर्दछु ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x