Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपालमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, संक्रमितको संख्या ४ हजार ८६ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, संक्रमितको संख्या ४ हजार ८६ पुग्यो

काठमाडौं, २७ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । त्यस्तै ५८४ जना निको भएर घर फर्किएका छन् भने हालसम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न स्थानमा १ लाख ६५ हजार ७७५ जना क्वारेन्टाइनमा रहेका छन् । ३ हजार ४८७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

आरडीटी विधिबाट १ लाख ६६ हजार १५८ परिक्षण भएको छ भने पीसीआर विधिबाट १ लख ६ हजार ३३१ परिक्षण गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x